यदी कोही ब्याक्ति यूएईको कुनै पनि ईमिरेट्समा काम गरेर नेपाल फर्केको अबस्था छ र अहिले अन्य कुनै प्रायोजनको लागी जस्तै: कुनै देशमा भिषा लगाउन को लागी या कुनै ठूलो कम्पनिहरूमा Job गर्नको लागी एम्बेसी या कम्पनिहरुले माग्ने गर्छन् यस्तो अवस्थामा दुवाईको प्रहरी बाट चारित्रिक प्रमाण पत्र लिनु पर्ने हुन्छ जसलाई PCC अर्थात् Police Clearance Certificate पनि भनिन्छ । बिषेस गरेर यूरोपका देशहरू, अमेरिका र क्यानडाको लागी नभई नहुने प्राबधान हुन्छ ।
यदी हामी यूएई छोडिसकेका छौँ र अहिने नेपाल या अन्य कुनै देशमा छौँ भने कुन कुन प्रकृया बाट दुवाईको चारित्रिक प्रमाणपत्र पाईन्छ ?
- एम्बेसीबाट लिन सकिन्छ ।
- अनलाईन बाट लिन सकिन्छ ।
हामी भएको देशमा अवस्थित यूएईको एम्बेसीमा सम्पर्क गरेर Finger Print मा छाप लगाएर डकुमेन्ट कुरियर गरेर दुबाई पुलिसको ठेगानामा कुरीयर गर्न सकिन्छ । यसो गर्दा पैसा र समय धेरै लाग्ने हुन्छ तर ईमिरेट्स आईडि नभएको खन्डमा यो नै बिकल्प हुन जान्छ भने यदी हामिसँग ईमिरेट्स आईडी छ भने चाहीँ हामीले अनलाईन बाट Apply गर्न सकिन्छ ।
अनलाईन बाट कसरी Apply गर्ने भनेर जान्न चहानुहुन्छ भने तलको भिडियो हेर्न सक्नुहुन्छ ।
तर नेपालबाट एप्लाई गर्दा खेरी पेमेन्टको झन्झट र अफ्यारो हुने हुँदा यदी तपाईँ लाई लिनु परेको खन्डमा निम्न डकुमेन्ड सहित हाम्रो कार्यलय या अनलाईन मार्फत हामीलाई सम्पर्क पनि गर्न सक्नुहुन्छ । अनलाईन मार्फत हामिलाई सम्पर्क गर्नु परेको खन्डमा हामी तपाईँलाई सबै प्रोसेस अनलाईनमै गरेर सर्टिफीकेट पनि अनलाईन द्धारा नै उपलब्ध गराउँछौँ ।
चाहीने डकुमेन्टहरु:
- ईमिरेट्स आईडि को कपि
- पासपोर्ट को बायो पेजको कपी
- अन्तिम चोटी यूएई हुँदाको भिषा पेजको कपी
- तपाईँको पासपोर्ट साईजको फोटो ।
- कसको लागी चाहीएको त्यो संस्थाको नाम या
- Dubai Police Fee & Our Service charge (it depends on currency Exchange Rate)
Process:
- तपाईँले हामीलाई आफ्ना माथि भनिएका डकुमेन्ट हाम्रो WhatsApp +9779803221907 मा या हाम्रो email Addres: waytosuccess.nepal@gmail.com मा पठाउन सक्नुहुन्छ । डकुमेन्ट पठाउँदा स्क्यान गरेर पठाउनु होला स्क्यान गर्ने सुबिधा नभएको खन्डमा तपाईँले आफ्नो मोवाईलमा Cam Scaner भन्ने मोवाईल एप्लिकेसन राखेर त्यसबाट फोटो खिचेर पनि पठाउन सक्नुहुनेछ ।
- सबै डकुमेन्ट पठाईसकेपछी तपाईँ Fee बैँक खातामा जम्मा गरीदिन सक्नुहुन्छ या हामीलाई अन्य अनलाईन माध्यम द्धारा पठाउन सक्नुहुन्छ । जस्तै – IMEPay, Esewa, Khalti, Prabhu Pay, Connect IPS।
- तपाईँले पैसा जम्मा गरेपछी हामीले तपाईँको Police Report को लागी Apply गरीदिन्छौँ ।
- Apply गरेपछी तपाईँले Dubbai Police बाट एउटा रिफरेन्स नंम्बर पाउनु हुनेछ जसको माध्यमले तपाईँको प्रोसेस के के हुँदैछ भने Dubai Police को Website मा गएर चेक गर्न सक्नुहुन्छ ।
- Apply गरेको घटिमा २ घण्टा र बढीमा ७ दिन भित्र आफ्नो ईमेल द्धारा Police Report पाउनु हुनेछ (यदी तपाईँको केही क्रिमिनल रेकर्ड छ र क्लियर भएको खन्डमा भने ७ दिन लाग्न सक्छ हैन भने १ या २ दिनमा नै निस्किन्छ)

Dubai Police Report कस्तो देखिन्छ । यदी तपाईँ दुबाईमै हुनुहुन्छ र यो रिपोर्ट निकालिएको खन्डमा यसको म्याद ३ महिनाको हुन्छ तर यदी यूएई (दुबाई) बाहिर भएर यसलाई निकालिएको खन्डमा चाहीँ अर्को चोटी दुबाई नजाने बेला सम्मको लागी म्याद रहेको हुन्छ ।
